चौतारी लघुवित्तको साधारण सभा पुस ९ गते, आरम्भसँगको मर्जरलाई अन्तिम स्वीकृति दिइने

Advertisement

काठमाडौँ । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ ।शनिबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे दियालो फुडल्याण्ड बुटवलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सधारण सभा प्रयोजनका लागि मंसिर २२ गतेदेखि पुस ९ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।

साधारण सभाबाट सञ्चालका समितिले प्रस्ताव गरे बमोजिम आव २०७५/०७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.८९ प्रतिशत(बोनस शेयरको कर प्रयोजन समेत) नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ । संस्थाको हाल कायम चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

साधारण सभाले चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने प्रयोजनका लागि दुबै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन(डीडीए) समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपान(शेयर स्वाप रेसियो) एक बराबरको १(१ः१) पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।

Advertisement

Advertisement

Advertisement