इन्फिनिटी लघुवित्तको साधारण सभा पुस १८ गते, १५ प्रतिशत लाभांश पारित गरिने

Advertisement

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे विजयचोक नवलपुरमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द(बुक क्लोज) गरिने छ । साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्नेछ ।

साथै २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद निष्काशनलाई स्वीकृति प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले बताए । संस्थाको हाल कायम चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement