सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा थोरै सुधार

Advertisement

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ८६ अंकले घटेर एक हजार १११ दशमलव ९९ कायम भयो भने कारोबार रकम २३ करोड २२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ९३लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार एक करोड ३५ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रडिङ अर्थात् व्यापार समूहको सूचक तीन दशमलब २ प्रतिशतले उकालो लागेको छ भने हाइड्रोपावर र बैंकिङ समूहको सूचकमा शुन्य दशमलवभन्दा धेरै प्रतिशतको सुधार आएको छ । त्यस्तै, जीवन बीमा समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् । कम्पनी नौ दशमलब ९६ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा अरुण काबेली पावरका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ५५ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement