स्वावलम्बन लघुवित्तमा ४६ प्रशिक्षार्थीको आवश्यक्ता

Swawalamban

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४६ जना प्रशिक्षार्थीको लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसएलसी वा सो सरहमा न्यूनतम २.० जीपिए प्राप्त गरेका ४६ प्रशिक्षार्थीको आवश्यक्ता रहेको उल्लेख गरेको छ ।

कम्पनीले कम्तिमा तीन महिना कम्प्युटर सिकेका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै पाँच सय रुपियाँ तिरेर दर्खास्त भर्न सकिनेछ । कम्पनीले जारी गरेको सूचना अनुसार लघुवित्तले खटाएको जुनसुकै ठाउँमा गएर काम गर्नुपर्ने शर्त छ । इच्छुक व्यक्तिले वित्तीय संस्थाको वेभ साइटमा गएर आवश्यक्ता अनुसारको आफ्नो कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

swabalamban-laghubitta-job-vacancy