टिसिएलको ‘बडा अफर थाइल्याण्डको सफर’ योजनाको नजिता सार्वजनिक

tcl

काठमाडौं । यस बर्षको चाडपर्वहरुलाई लक्षित गरी विश्वको दोस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले सञ्चालन गरेको ‘बडा अफर थाइल्याण्डको सफर’ योजनाको नतिजा सार्वजनिक गरेको छ ।

टिसिएलको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्नो फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित शोरुममा नजिता घोषणा गरिएको हो । गत भदौ १९ गतेदेखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा टिसिएल ब्राण्डको उत्पादनहरु (एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले थाइल्याण्ड भ्रमण अफर राखिएको थियो ।

नतिजाअनुसार वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।