महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत भएको छ । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन ुसाउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्सले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी बैंकलाई उक्त अवार्डबाट पुरस्कृत गरेको हो।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।

२०१९ नोभेम्बर ३० तारिखमा बङगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका हुन्।

Advertisement

Advertisement

Advertisement