साग महिला भलिबलको फाइनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मार्फत

Advertisement

काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलको फाइनल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस्मार्फत हुने भएको हो ।

पहिलो पटक नेपाली महिला भलिबल टिम सागको फाइनलमा प्रवेश गरेको छ । नेपाली टिमले आफ्नो गृहमैदानमा भारतसँग कडा प्रतिस्पर्धा गर्दैछ । मंसिर १७ गते दिउँसो २ बजे दशरथ रंगशालाको कवर्डहलमा फाईनल खेल हुन लागेको छ ।

डिस होमले नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले उक्त खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । यस्तै १९ मंसिर देखि सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडीमार्फत गरिने डिसहोमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement