अनुले कराँतेमा नेपाललाई सातौं स्वर्ण दिलाइन, नेपाललाई अहिलेसम्म १३ स्वर्ण

Advertisement

काठमाडौं । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत सोमबार भएको करातेको ५० केजीभन्दा कम तौल समूहको खेलमा नेपालकी अनु अधिकारीले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।

सातदोबाटोस्थित कर्भड हलमा भएको खेलमा उनले श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन् । पदक संख्याअनुसार नेपालले अहिलेसम्म १३ स्वर्ण हात पार्न सफल भएको छ भने कराँतेमा मात्रै सात स्वर्ण जित्न नेपाल सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement