सामान्य प्रशासन मन्त्रीलाई पूर्व सचिवको चिठ्ठी: कर्मचारी युनियन खारेज गर्नुस्

Advertisement

नवनियुक्त सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ज्यू,
तपाई एक लामो अनुभवी नेता र पूर्व मन्त्री हुनुहुन्छ। निजामती सेवा ऐनलाई कम भन्दा कम चलाएर पास गराउनु होला। धेरै स्वार्थी र गवॉर तत्वहरू यो ऐनलाई तन्नम् बनाउनमा न्वारानको बल लगाईरहेको देखिन्छ।
१) ऐनलाई कर्मचारी मैत्री, संघीयतामैत्री, जनमैत्री र कार्यान्वयनयोग्य बनाउनु पर्छ।
२) रिटायरमेन्ट उमेर साबिककै ठिक छ ५८ वर्ष, किनकी अब डिजिटलमैत्री एवं आईटी पोख्त नयॉ पुस्ताको कर्मचारी ह्वात्तै भित्राउनुपर्छ।
३) सचिबमा क्लष्टर प्रणाली कि पूरै खारेज गर्नुपर्छ , कि पूरानै कायम गर्नुपर्छ, यसलाई चलाउने नौटंकी घातक हुन्छ, जसमा षडयन्त्र लुकेको प्रष्ट छ।
४) गुणस्तरीयता कायम गर्न कर्मचारी भर्नाको परीक्षा प्रणाली संघीय लोकसेवा जस्तो रोबस्ट हुनुपर्छ। अन्य काम गरे पनि परीक्षा लिने र नतिजा निकाल्ने त्यो काम सरकारी प्रदेश लोकसेवाले भन्दा स्वतन्त्र , संबैधानिक शक्ति सम्पन्न आजसम्मको एकमात्र ऐतिहासिक सफल संघीय लोकसेवाले गर्नु रोबस्ट हुन्छ।
५) पेन्सन प्रणाली यथावत राख्नुपर्छ। सरकारले सुरूदेखि पेन्सन कोष थप गर्न सक्छ।
६) बढुवामा प्रतिष्पर्धा जुन तहको सेवाबाट पनि जुन तहमा गर्न पाउने हुनुपर्छ।
७) सरूवा प्रणाली पनि निश्चित अवधि पूरा भएपछि अन्तरप्रदेश, अन्तर स्थानीय तह र संघीय सेवामा हुन पाउने गरिनुपर्छ।
८) रिटायर कर्मचारीका बारेमा अविवेकी उल्लु कुरा ऐनमा राखेर जग हसाउने काम रोक्नुपर्छ। निजामती ऐनले सबै ऐनलाई नियमन गर्ने हुन सक्दैन। सरकारी सेवा वा राज्यको लामो सेवा गरिसकेर पाउने भरणपोषण वा पेन्सनलाई कुनै फौजदारी कानुनबिना रोक्न सक्दैन।
९) पेन्सनवाला व्यक्ति स्वतन्त्र जनता हो, यति पनि हेक्का नराख्ने बुद्धि नभएको जनप्रतिनिधिहरूप्रति प्रबुद्ध कर्मचारी र जनताले सम्मान गर्न सक्दैनन्। यस्ता कुराहरूमा सेवानिवृत्त कर्मचारी संगठनका प्रबुद्ध वर्गको सल्लाहमा काम गर्नुहोस्।
१०) निजामतीमा कर्मचारी युनियन खारेज गराउनु होस्।
११) नेपालको सरकारी सेवामा रहेका करिब ६ लाख कर्मचारी मध्ये निजामती सेवामा ९० हजार मात्र कर्मचारी छन्। निजामती ऐनले बॉकी ५ लाखं कर्मचारीलाई नियमन र नियन्त्रण गर्न सक्ने हुदैन। त्यसैले धेरै माथापच्ची नगरेर सर्लक्क सजिलो तरिकाले यथाशिघ्र संघीय ऐन जारी गरेर बिलम्बित अन्योल र अनिश्चिततालाई समाप्त गरिहाल्नुस्। आफ्नो शरीरको अंग हातखुट्टा(कर्मचारी वर्गसंग आत्मघाती पैठाजोरी खेल्न बन्द गराउनुहोस्)।

Advertisement

Advertisement

Advertisement