उपनिर्वाचन लगत्तै बढ्यो इन्धनको मूल्य, अब डिजेल ९७ र पेट्रोल १०९ रुपियाँ

Advertisement

काठमाडौं । उप निर्वाचन सकिने वित्तिकै सरकारले इन्धनको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजार मूल्यको हवाला दिँदै इन्धनको भाउ बढाएको हो । निगमले डिजेल, पेट्रोल र  मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

अब डिजेल/मट्टितेल प्रति लिटर ९७ रुपैयाँ पुगेको छ भने पेट्रोल १०९ रुपैयाँ पुगेको छ । निगमले गत साउन २२ गतेपछि इन्धनको मूल्य समायोजन गरेको थिएन् ।

वृद्धि गरिएको नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागु हुनेछ । डिजेल/मट्टितेलको मूल्य ९५ रुपैयाँ थियो भने पेट्रोलको १०७ रुपैयाँ थियो । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ । हाल खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १३५० रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement