सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा नियुक्त

Advertisement

काठमाडौँ । धितोपत्रको राफसाफ कार्य गर्दै आएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी) को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ ।

कात्तिक १० गते नै कार्यकाल सकिएपनि सञ्चालक समितिको अनुमतिमा हालसम्म कार्यरत सीईओ देवप्रकाश गुप्तालाई सोमबार बिदाई गरिएको हो । गुप्ताको बिदाईसँगै नेटवर्क सेक्शनको प्रमुखको कार्यभार सम्हाल्दै आएकी सापकोटालाई कायम मुकायमको जिम्मेवारी दिइएको हो ।

नयाँ सीईओको व्यवस्था नभएसम्म सापकोटाले उक्त जिम्मेवारी सम्हाल्ने सीडीएसले जनाएको छ । नयाँ सीईओको नियुक्त खुल्ला प्रतिष्पर्धाबाट गरिने छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को पूर्ण स्वामित्वमा यो संस्था सन २०१० मा स्थापना भई सन् २०११ मार्चदेखि सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement