आरम्भको साधारण सभा पुस ९ गते, चौतारीसँगको मर्जरलाई स्वीकृति प्रदान गर्ने

Advertisement

काठमाडौँ । बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे पञ्चकन्या बेन्क्वेट प्रालि पुलबजार बनेपामा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.८ प्रतिशत बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) हुनेछ ।

आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त दुबै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर (समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) १ बराबर १ (१ः१) पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement