सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार चितवनको मंगलपुर र पदमपुरमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले सोमबारबाट चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तार पछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ। बैंकले १०१ शाखा रहित बैंकिङ सेवा, १९२ एटिएम र १६ हजारभन्दा बढी पिओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवामार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement