गोदरेज ‘फ्रि कपल ट्रिप टु बाली’ अफरको लक्की–ड्र सम्पन्न

Advertisement

काठमाडौं । गोदरेज अप्लाएन्सेसले चाडपर्वको अवसरमा ग्राहकहरू माझ ल्याएको ‘फ्रि कपल ट्रिप टु बाली’ योजनाको लक्की ड्र गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।

भाद्र २० गते देखि कार्तिक ३० गते सम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावले लक्की–ड्र मार्फत बाली भ्रमण राखिएको थियो ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement