नेप्सेमा तीन वित्तीय संस्थाको १ करोड २१ लाख कित्ता शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च लिमिटेड(नेप्से) मा १ करोड २१ लाख ८० हजार ३ सय २१ दशमलव ६४ कित्ता सेयर सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक र नागरिक लगानी कोषको उक्त परिमाणको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार माछापुच्छ्रेको ४० लाख २७ हजार ८ सय ४७ कित्ता बोनस शेयर, मुक्तिनाथको ५७ लाख २७ हजार ३ सय कित्ता हकप्रद शेयर र नागरिक लगानीक कोषको २४ लाख २५ हजार १७४.६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Advertisement

Advertisement

Advertisement