डोनल्ड ट्रम्प आफूविरुद्धको महाभियोगको सुनुवाईमा सहभागी नहुने

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफूविरुद्ध लागेको महाअभियोगको सुनुवाईमा सहभागी नहुने भएका छन्। संसद्को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले सो सार्वजनिक सुनुवाईमा भाग लिन नसक्ने उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले सुनुवाई निस्पक्ष होस् भन्ने चाहना आफूको रहेको र त्यसैकारण सहभागी नहुने दाबी गरेका हुन्।

हाउस अफ रिप्रेजेन्टेटिभको न्यायिक समितिले महाअभियोगको मामिलामा विभिन्न चरणमा छलफल गरिरहेको छ। समितिमा कानूनका जानकार, विज्ञलगायतले आफ्नो भनाइ राखिरहेका छन्।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने केही खुलाएको छैन । अहिलेसम्म मिति तय नभइसकेको सो सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पविरुद्ध आफ्नो राजनीतिक फाइदाका लागि आफ्ना प्रतिद्वन्द्वी र उनका छोरामाथि छानबिन गर्न युक्रेनमाथि दबाब दिएको आरोप छ। ट्रम्पले भने आफूमाथि लागेको यो आरोपको अस्वीकार गर्दै आएका छन्।

विगत केही हप्ताअघि देखि ट्रम्पविरुद्धको महाअभियोगमा साक्षीहरुको बयान लिइँदै आएको छ। साथै यस विषयमा सार्वजनिक सुनुवाईसमेत हुँदै आएको छ। अब ट्रम्पसँग छलफल गरेपछि महाअभियोगको प्रस्तावमा मतदान हुनेछ।

सिनेटमा दुई तिहाइ बहुमतबाट उनी दोषी ठहर भएमा ट्रम्प महाभियोग प्रक्रियाबाट पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । यसअघि दुई जना राष्ट्रपतिमाथि महाअभियोग लगाइएको भएपनि सिनेटबाट पारित हुन सकेको थिएन । रिपब्लिकन पार्टीकै बहुमत रहेकाले यस पटक पनि पारित हुने सम्भावना न्युन रहेको बताईएको  छ।

Advertisement

Advertisement

Advertisement