साग फुटबलमा सकारात्मक सुरुवातः नेपालले भुटानलाई हरायो

Advertisement

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मंगलबार भएको पुरुष फुटबल खेलमा नेपालले भुटानलाई ४–० गोरअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको फुटबल खेलमा नेपालले सुखद सुरुवात गरेको हो ।

खेलको पाँचौं मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने खेलको ५० औं मिनेटमा पुनः उनले अर्को गोल थपेका थिए । खेलको ६६औं मिनेटमा अभिषेक रिजाल र ७७औं मिनेटमा मिक्चेन तामाङले गोल थपेका थिए ।

Advertisement

Advertisement

Advertisement