मुक्तिनाथ विकास बैंकले शुरु गर्यो मोबाईल बैंकिङ अभियान

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि मोवाईल बैंकिङ्ग अभियान सञ्चालन गरेको छ ।

यस अभियानमा हालसम्म बैंकको मोबाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोबार नगरेका ग्राहकहरुले एनटीसी/एनसेल/स्मार्ट सेल मोवाइलमा टपअफ गर्दा पहिलो पटक टपअफ गरेको रकमको २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फागुन १४ गते सम्म संचालन हुनेछ ।

हालसम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोबार नगरेका ग्राहकहरुले यो अभियानबाटा फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोबाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Advertisement

Advertisement

Advertisement