गुराँस लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा भेषबहादुर बस्नेत नियुक्त

Advertisement

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा भेषबहादुर बस्नेत नियुक्त भएका छन् ।
सञ्चालक समितिले बस्नेतलाई मंसिर १३ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी १५ गतेबाट लागु हुने गरि कम्पनी सचिवको समेत जिम्मेवारी दिएको जनाइएको छ ।

स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतसँग २३ वर्ष स्वाबलम्वन लघुवित्तमा बिभिन्न तह सहित बिभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको अनुभव रहेको छ ।

लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको सञ्चालक समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement