एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा

Advertisement

काठमाडौं । एलजी ब्राण्डका वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने वासिङ मेसिन रहेको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । उपभोक्ताको माग ध्यानमा राखि एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी रहेको छ जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सही तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउने जनाइएको छ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउदछ ।

ट्रयू स्टिम र टू वे टम्बिलिङ टेक्नोलोजिले किटाणुरहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ मेसिनसँगै सजिलै जडान गर्न सकिन्छ ।

साथै एलजीसँग वासर ड्रायर भएको वासिङ मेसिन पनि उपलब्ध छ जसले कपडा धुनुका साथै सत प्रतिशत सुकाउने भन्दै सिजी इलेक्ट्रोनिक्सले यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement