नेपाल पर्यटन बोर्डको सीईओ पदमा दरखास्त आह्वान, कसरी दिने आवेदन ?

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । हालका सीईओ दीपकराज जोशीको ४ वर्षे कार्यकाल पुस ९ गतेदेखि सकिने भएपछि बोर्डले बुधबार दरखास्त आह्वान गरेको हो ।

स्नातकोत्तर उत्तीर्ण गरेका ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका नेपाली नागरिकले मंसिर १८ बुधबारदेखि २१ दिन भित्र आवेदन दिन सक्ने बोर्डद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

उक्त पदका लागि अनलाइनबाट आवेदन दिन सकिने छ । आवेदकले पाँच हजार शुल्क बुझाउनु पर्ने बोर्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement