सशस्त्र प्रहरी बलमा इन्सपेक्टर र असई पदमा २९७ जनाको लागि जागिर खुल्यो, कुन पदमा कति ?

Advertisement

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक(इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक(असई) गरी २९७ जनाको लागि जागिर खुलेको छ । भर्ना तथा छनौट शाखा हलचोकले बुधबार सूचना प्रकाशित गरी ५८ जना इन्सपेक्टर र २३९ जना सईका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोक, बराह बाहिनी मुख्यालय ककली सुनसरी, छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास, महोत्तरी, गढीमाई बाहिनी मकवानपुर, मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा, बिन्ध्यवासिनी बाहिनी चन्द्रौटा, महेश्वरी बाहिनी बाङ्गेसिमल सुर्खेत, बैद्यनाथ बाहिनी अत्तरिया कैलालीमा आवेदन दिन सक्ने जनाइएको छ ।

इन्सपेक्टर पदका लागि स्थातक तह उत्तीर्ण गरेको र २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ भने असई पदको लागि प्रमाण पत्र तह उत्तीर्ण गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ । इन्सपेक्टर पदका लागि १ हजार र असई पदका लागि ३ सय दस्तुर बुझाउनु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement