अजोड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच अनलाइन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स एनआईसी एशिया बैंकबीच सहकार्य गर्दै अनलाइन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एशिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement