मंसिर महिना भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण ‘ब्रेक थ्रु’: मन्त्री भट्टराई

Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा मंसिर महिना भिनै महत्वपूर्ण ब्रेक थ्रु हुने बताएका छन् । मंसिर महिना भित्रै शिलान्यास गर्ने घोषणा गरेका मन्त्री भट्टराईले महत्वपूर्ण ब्रेक थ्रु हुने बताएका हुन् ।

विमानस्थल निर्माणका लागि लगानी सम्बन्धमा लगानी बोर्डलाई जिम्म दिएको उनले बताए । उनले भने– यस बारेमा उहाँहरुले काम गर्दै हुनुहुन्छ, स्वीडजरल्याण्डको ज्युरिच विमानस्थललाई बोर्डले छनौट गरिसकेको छ, यसमा धेरै समय नलिईकन काम गर्न बोर्डलाई भनेका छौँ ।’

नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा मन्त्री भट्टराईले यस्तो कुरा बताएका हुन् । उनले निजगढ विमानस्थालका लागि रुख काट्न वन मन्त्रालयले निर्णायक अनुमति दिनु पर्छ, त्यस विषयमा छलफल भएको छ, लगभग टुंगोमा पुगेको बताए ।

‘अर्को काम भनेको बस्ती स्थानान्तरणको हो, त्यो काम हामीले नै गर्ने हो, त्यसमा त्यति समस्या छैन’–उनले अन्तर्राष्ट्रियमा भनेका छन् । १ हजार ४ सय ७६ परिवारलाई स्थानान्तरण गर्नु पर्ने हो, त्यसलाई कहाँ गर्न सकिन्छ भनेर मन्त्रालयका कर्मचारी नै गएर अध्ययन गरेर आएका छन् । तसर्थ, निजगढ विमानस्थलका विषयमा यो मंसिर महिनाभित्रै महत्वपूर्ण ब्रेक थ्रु गर्छौँ–उनले अन्तरवार्तामा भनेका छन् ।

Advertisement

Advertisement

Advertisement