बिवाहको लगनमा सुनचाँदीको मूल्य आकाशियो, एकैपटक तोलाको आठ सयले बढ्यो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार र मंगलबार ७१ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज आठ सय रुपियाँले बढेर प्रतितोला ७२ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ९०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ६४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement