युनाइटेड फाइनान्सद्वारा लाभांश घोषणा, नगद कति र बोनस शेयर कति ?

Advertisement

काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार साँझ बसेको बैठकले जगेडा कोषमा रहेको वितरण योग्य मध्ये ३ प्रतिशत बोनस शेयर र आव २०७५/७६ को नाफाबाट ७.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement