मातपोत कार्यालय भक्तपुरका सुब्बा ४० हजार घुस रकमसहित पक्राउ

Advertisement

काठमाडौँ । सेवाग्राहीसँंग ४० हजार घुस लिने भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम पक्राउ परेका छन् ।

मोही लगत कट्टा गर्ने प्रयोजनका लागि नायब सुब्बा मिश्रले कार्यालय सहयोगी गौतमलाई उक्त रकम दिनु भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली मालपोत कार्यालय पुगेको थियो ।

उक्त टोलीले ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुबैजना लाई मंगलबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement