त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८२ जना कर्मचारीको आवश्यकता (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयमा एक सय ८२ जना कर्मचारी राख्ने भएको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै तीन प्याकेजका लागि दर्खास्त आह्वान गरेको हो ।

प्राधिकरणले प्याकेज एकमा –१५ जना विमानस्थलको लागि कम्प्यूटर अपरेटर, १२ जना सहायक कम्म्पूटर अपटेर, प्याकेज दुईमा– ७ जना उद्घोषकरउद्घोषिका, ८ जना टेलिफोन अपरेटर, ४ जना हेल्पर, त्यस्तै प्याकेज तीनमा– ८ जना हेभि सवारी चालक, १३ जना हलुवका सवारी चालक र प्याकेज चारमा- ७९ जना पालेपहरेदार र ३६ जना ट्रली कलेक्टर कर्मचारी मागेको छ ।

प्रधिकरणले सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको कम्पनीले मात्र जनशक्ति आपूर्तिको काम गर्न योग्य हुने जनाएको छ । इच्छुकले प्रधिकरणको वेभ साईटमा गएर आवेदन दिन तथा थप जानकारी लिन सक्नेछन् ।

TIA

Advertisement

Advertisement

Advertisement