सेयर बजारको सुधार जारी, आज धेरै घाटा व्यहोर्नेमा बरुण हाइड्रोका लगानीकर्ता

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ७३ अंकले बढेर एक हजार १२४ दशमलव ४७ कायम भयो भने कारोबार रकम ३० करोड ८२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडी रहेको छ । जसको कारोबार दुई करोड ८२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एयिशया बैंक रहेको छ । जसको कारोबार एक करोड ९३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज जीवन बीमा, माइक्रोफाइनान्स तथा निर्जीवन बीमा समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार भएको छ । त्यस्तै, म्युचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सूधार देखिन्छ । बाँकी सबै समूहका सूचक शून्य प्रतिशतभन्दा धेरैले हरीयाली देखिएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमाप्रभ् इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् । कम्पनी आठ दशमलब ५० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी सात दशमलव ९५ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement