मार्सले मनायो १६औं बार्षिकोत्सव

Advertisement

विज्ञापन एजेन्सी मार्स प्रालीले आफ्नो १६औं बार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको जनाएको छ ।

डिजिटल मार्केटिङमा पनि कृतिमान प्राप्त गरेको जनाउँदै उसले १६ बर्षको समयावधिमा आफूहरुले पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको जनाएको छ, जुन दरिलो टिमवर्कबाट सक्षम भएको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीको भनाई अनुसार १६ बर्षको सफलले मार्स टिममा उत्साह थपिएको छ । कम्पनीले आफूहरु ‘कन्टिनियोस्ली डेलिभरिङ क्रियटिभिटी वीथ पर्फेक्शन’ नारा लिएको छ ।

Advertisement

Advertisement

Advertisement