बेलायती राजदुतको नेपालीमा ट्वीटः पहिलो महिला राजदुत हुन पाएकोमा गर्व लागेको छ

Advertisement

काठमाडौं । नेपालका लागि नव नियुक्त वेलायती राजदुत निकोला पोलिटले नेपालका लागि पहिलो वेलायती महिला राजदतु हुन पाएकोमा गर्व महशुस भएको बताएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफुले ओहदाको प्रमाण पत्र पेश गरेको कुरा पनि ट्वीटमा लेखेकी छिन् ।

उनले आफु नेपालका लागि वेलायतको पहिलो राजदुत भएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।

रिचार्ड मोरिसको कार्यकाल सकिएपछि वेलायतले पोलिटलाई नयाँ राजदुत नियुक्त गरेको हो । उनी नेपाल र वेलायतको २ सय वर्ष लामो कुटनीतिक इतिहासमा पहिलो महिला राजदुत हुन् ।

उनले यस अघि बरिष्ठ नीति सल्लाहकारका रुपमा अफगानिस्तान, पाकिस्तान र भारतीय क्याबिनेटमा काम गरिसकेकी छिन् । पोलिटले पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त निर्देशकका रुपमा यस अघि काम गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement