माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५ नेप्सेमा सूचिकृत

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरसहित प्रतिऋणपत्र एक हजार रुपियाँ कायम भएको ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृतसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरे । सूचिकरणपछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

माछापुच्छ्रेका देशभर १४४ शाखा, १३८ शाखारहित बैकिङ सेवा, १७१ एटीएम रहेका छन् ।

Advertisement

Advertisement

Advertisement