८१ हजार रुपैयाँको नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने पीएचएन कल्पना पौडेल बिरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौँ । नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल (पब्लिक हेल्थ नर्सिङ छैटौँ) विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा बन्ध्याकरणका आवश्यक सरसामान ढुवानी गर्ने, लाभग्राही लिन र पुर्याउने जाने प्रयोजनका लागि गाडी भाडामा लिँदा रु ८१ हजारको फर्जी बिल बनाई सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

निज पौडेललाई सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement