नाडाका सदस्यहरुलाई चुनाव लाग्यो, निर्वाचन तालिका सार्वजनिक, सर्वसम्मतीको संभावना बढी

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल एशोसियशन अफ नेपालका सदस्यहरुलाई चुनाव लागेको छ । संगठनले बुधबार निर्वाचन तालिका सार्वजनिक गरेसँगै सदस्यहरुमा चुनावी सरगर्मी सुरु भएको हो ।

सुचना अनुसार यही मंसिर २६ गतेलाई मतदाता नामावली प्रकाशन गर्ने मिति तोकिएको छ । मतदाता नामावलीउपर दावी विरोध मंसिर २७, दावी विरोधको जाँचबुझ मंसिर २७ मै र अन्तिम नामावली प्रकाशन पनि सोही दिन हुनेछ ।

उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने मिति मंसिर २९ गतेलाई तोकिएको छ । उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, उम्मेदवारउपर दावी विरोध, उम्मेदवारको मनोनयन पत्रको जाँचबुझ, उम्मेदवारहरुको नामावली प्रकाशन, उम्मेदारहरुले नाम फिर्ता लिनसक्ने, अन्तिम नामावली प्रकाशन पनि सोही दिन हुनेछ ।

मतदान भने पुस ४ गते हुनेछ । अहिलेसम्म एशोसियशनको अध्यक्षको एक मात्रै दावेदारको रुपमा कृष्णप्रसाद दुलाल देखिएका छन् । उनी अहिले एशोसियशनमा वरिष्ठ उपाध्यक्ष छन् । अटोमोवाइल व्यवसायीमाझ लोकप्रिय रहेको दुलालकै पक्षमा सर्वसम्मती हुने संभावना धेरै रहेको व्यवसायीहरु बताउँछन् । कतिपयले भने अर्का व्यवसायी प्रकाश कपुरी पनि अध्यक्षमा उम्मेदावारी दिन लालयित रहेको बताउने गरेका छन् । यद्यपि उनी दुलालको तुलनामा खासै परिचित र लोकप्रिय भने देखिन्नन् ।

Advertisement

Advertisement

Advertisement