निर्धन उत्थानको वार्षिक साधारण सभा पुस १३ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २१ औँ वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे सेलिब्रेशन व्याङ्क्वेट पार्टी प्यालेश भगवतीबहाल नक्साल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोेनस शेयरको प्रस्ताव पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

साधारण सभा प्रयोजनका लागि मंसिर ३० गतेदेखि पुस १३ गतेसम्म संस्थाको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement