ग्लोबल र जनता बैंकको कारोबार बन्द, शुक्रबारदेखि जनताका चेक र एटीएम के हुन्छ ?

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई र जनता बैंकको कारोबार विहीबार बन्द रहेको छ । दुई बैंक एक आपसमा मर्ज हुन लागेकाले कारोबार प्रणाली एकीकृत गर्न आज एक दिन सम्पूर्ण कारोबार बन्द गरिएको बैंकले जनाएका हुन् ।

बैंकले मंसिर १८ गते अतिरिक्त र सन्ध्याकालिन काउन्टर बन्द हुने, १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्म एटिएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङ लगायतका सेवा बन्द हुने यसअघि नै दुबै बैंकले सूचना प्रकाशित गरेका थिए । त्यस्तै, मंसिर १९ गते सम्पूर्ण बैंकिङ कारोबार नै बन्द हुने पनि बैंकले जनाएको छ ।

२० गते शुक्रबारबाट भने जनता बैंकसँगको एकीकृत कारोबार आरम्भ हुने दुवै बैंकले सूचनामार्फत जानकारी दिएका छन् ।

जनताको चेक र एटीएम चल्छ कि चल्दैन ?
जनता र ग्लोबल एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार गर्दा जनताबाट यसअघि जारी भएका चेकहरु सुचारु हुने बैंकले जनाएको छ । त्यसैगरी जनताको एटीएम कार्डहरु कार्डको अवधि समाप्न नभएसम्म सुचारु हुने जनाइएको छ ।



global_ime

Advertisement

Advertisement

Advertisement