सुनचाँदीको मूल्य घट्यो, लगनका बेला खरिद गर्नेलाई केही राहत

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७२ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७२ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement