साग क्रिकेटः भुटानविरुद्ध नेपालको २३६ रनको विशाल लक्ष्य, ज्ञानेन्द्रको सतक

Advertisement

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानसामू २३७ रनको विशाल लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २० ओभरमा उक्त २३६ रन बनाएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए भने पूर्वकप्तान पारश खड्काले २८ बलमा ५७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए। टी–२० मा यति धेरै स्कोर बनाएको नेपालले पहिलो हो ।

खेलमा भुटानका कर्मा दोर्जीले २ विकेट मात्रै लिए। अहिले भेटानले ब्याटिङ गरिरहेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ संग ६ विकेटले पराजित भएको थियो।

Advertisement

Advertisement

Advertisement