उसुमा निमाले थपिन अर्को स्वर्ण

Advertisement

काठमाडौँ । साग खेलकुदअन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले १८.९१ अंक प्राप्त गर्दै बिहीबार स्वर्ण पदक हात पार्न सफल भएकी हुन् ।

यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रो भए । यसअघि पनि निमाले उसुमा स्वर्ण जितकी थिइन । उसुमा दुईवटा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

Advertisement

Advertisement

Advertisement