प्रभु बैंकको १९९औं शाखा विस्तार सर्लाहीको ईश्वरपुरमा

Advertisement

काठमाडौं । प्रभु बैंकले आफ्नो १९९औं शाखा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा संचालनमा ल्याएको छ । शाखाको ईश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार देवकोटाले उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन गर्दै मेयर देवकोटाले बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको बताए ।

उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक पुर्याउने पनि बताए ।

Advertisement

Advertisement

Advertisement