पौडीमा गौरिकाले थपिन नेपाललाई स्वर्ण

,   १९ मंसिर २०७६, बिहीबार, ०५:२६ pm   
gaurika_singh

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको महिला दुई सय मिटर फ्री स्टाइल पौडीमा गौरिका सिंहले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । उनले २ मिनेट ०५.०६ सकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

यसअघि पौडीमा नेपाली कीर्तिमानी राखेकी उनले आफ्नै रेकर्ड तोड्दै पदक हात पार्न सफल भएकी हुन् । यसअघि गौरिकाको २ मिनेट ०९.१९ मिनेटको रेकर्ड थियो।

यसैगरी पुरुषतर्फको दुई सय मिटर फ्री स्टाइलमा श्रीलंकाका मेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पारे गरे ।