धर्नामा बसेका चितवन मेडिकल कलेजका विद्यार्थीमाथि प्रहरीको लाठी, दुई घाइते

Advertisement

चितवन । अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै धर्नामा बसेका भरतपुरस्थित चितवन मेडिकल कलेजका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । चिकित्सा शिक्षा विषयअन्तर्गत पहिलो वर्षको बोर्ड परीक्षा हुँदै गर्दा विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले दमन गरेको हो ।

प्रहरीको लाठी प्रहारबाट दुई विद्यार्थी एमबिबिएस दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । विद्यार्थीहरू प्रवेश पत्र जलाएर परीक्षाको विरोध जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement