नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा निर्वाचित

Advertisement

काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छिन् । विहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट राणा अध्यक्षमा निर्वाचित भएकी हुन् ।

साथै संघको कार्यसमिति सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सन्दीपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएको संघका निर्देशक केशवमान सिंहले जानकारी दिए ।

अध्यक्ष निर्वाचित भएपछि राणाले आगामी दिनमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताइन् ।

संघका अध्यक्ष सौर्य शम्सेर जबराको अध्यक्षता, अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य तथा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement

Advertisement

Advertisement