एथ्लेटिक्समा नेपाललाई अर्को स्वर्ण

Advertisement

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ पाँच हजार मिटर दौडमा नेपालले शुक्रबार स्वर्ण र कास्य पदक जित्न सफल भएको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा नेपालका लागि गोपीचन्द्र पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरी स्वर्ण पदक हात पारे ।

यो प्रतिस्पर्धामा भारतका सुनील दावाले रजत पदक पाए नेपालका हरिकुमार रिमालले कास्य पदकमा चित्त बुझाए । एथ्लेटिक्समा नेपालको यो दोस्रो स्वर्ण हो । यसअघि सन्तोषी श्रेष्ठले स्वर्ण हात पारेकी थिइन् ।

एथ्लेटिक्समा स्वर्ण पदक पाउने उनी पहिलो नेपाली महिना पनि हुन् । श्रेष्ठले भारतीय धाविका कविता यादवलाई रोक्दै पहिलो बन्न सफल भएकी हुन् ।

Advertisement

Advertisement

Advertisement