घरेलु लघुवित्तको प्रथम साधारण सभा पुस ११ गते, ‘मर्जर’को अधिकार सञ्चालक समितिलाई

Advertisement

काठमाडौँ । बनेपा–८, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा पुस ११ गते हुने भएको छ ।

विहीबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालयमा साधारण गर्ने निर्णय गरेको हो ।

संस्थाले अन्य इजाजत पत्र प्राप्त घ वर्गका कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा प्राप्ति हुन जाने(एक्वीजिशन) र कुनै वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिने(मर्जर) उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement