कुमारी बैंकको भवन शिलान्यास कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालमा निर्माण गर्न लागेको कार्यालय भवन शिलान्यास गरिएको छ ।

उक्त भूमीपूजन कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबराले वैदिक पूजा गरेका हुन् । उक्त पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा सञ्जाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement