कामना सेवाको १०५औं शाखा काठमाडौँको मनमैजुमा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमा १०५औ शाखा कार्यालय बिस्तार गरेको छ ।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदीप आचार्यले शुक्रबार संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement