गौरिकाले पौडीमा आज पनि थपिन स्वर्ण

Advertisement

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबार भएको महिला दुई सय मिटर ब्याक स्ट्रोक पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले उक्त दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरि स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । सागमा नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाएर रेकर्ड बनाइसकेकी गौरिकाले आफ्नो रेकर्ड आँफै तोडेकी हुन् ।

बिहीबार भएको महिला दुई सय मिटर फ्री स्टाइल पौडीमा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् । आजको खेलमा भारतले रजत र श्रीलंकाको कास्य पदक जितेका छन् । ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा परिचित उनले पौडी विधामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान समेत बनाएकी थिएन् । सागको अघिल्लो संस्करणमा गौरिकाले रजत र काश्य पदमा सीमित भएकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement