कर्मचारीले सहयोग नगर्दा संघीयता संकटमा पर्योः प्रचण्ड, कर्मचारीले नेताको दिमाख खराब गरे’

Advertisement

धनगढी । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीले सहयोग नगर्दा संघीयता कार्यान्वयनमा ठूलो चुनौति सिर्जना भएको गुनासो गरेका छन् ।

धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा उनले संघीयता कार्यान्वयनमा कर्मचारी मुख्य बाधकको रुपमा औंल्याए । उनले राजनीतिक परिवर्तनअघिका मूख्य सचिव, सचिव भएपछि कसरी हुन्छ परिवर्तन ? भन्दै कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको आरोप लगाए ।

प्रचण्डले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने बताउँदै संघीयता कार्यान्वयनमा नजाँदा परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको तर्क गरे ।

उनले भने, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’ हिजो राज्यबाट पछि पारिएका जनताको योगदान अरु कसैको भन्दा कमी नभएको भन्दै बरु बढी भएको उनको तर्क छ ।

प्रचण्डले राजनीतिकरुपमा ठूला–ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती र्छियो पुच्छर अड्क्यो भनेजस्तै भएको भन्दै ६२।६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताए ।

उनले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताए । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको आरोप लगाउँदै नेता प्रचण्डले अहिलेको अवस्था हेर्दा उपलब्धि गुम्ने खतरा देखिएको बताए ।

Advertisement

Advertisement

Advertisement