पुरुष म्याराथनको स्वर्ण नेपालका किरणलाई, महिला म्याराथनमा नेपालकी पुष्पालाई रजत

Advertisement

काठमाडौं । तेह्रौं साग खेलकुदअन्तर्गत शनिबार भएको पुरुष म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक हात पारेका छन् । कुल ४२ दशमलव १९५ किलोमिटर दूरी दुई घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै पदक हात पारेका हुन् ।

प्रतियोगितामा भारतले रजत र कास्य पदक जितेका छन् । भारतका रासपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्ड उक्त दूरी पार गर्दै रजत र श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक जितेका छन् ।

आजै भएको महिला म्याराथनमा श्रीलंकनकी हेरुनी केसाले स्वर्ण पदक हात पारिन । उनले दुई घण्टा ४१ मिनेट २४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गर्दै पदक जितिन भने नेपालकी पुष्पा भण्डारीले रजत र भारतकै खेलाडीले कास्य पदक जिते ।

Advertisement

Advertisement

Advertisement